वाफ वुमन्स च्याम्पियनसिप: नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

काठमाडाैं | फागुन १२, २०८०

वाफ वुमन्स च्याम्पियनसिप: नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

काठमाडौं:      साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ ।


समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ ।


यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।


पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो ।


उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो ।


प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ । यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ ।


साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । २ खेल जितेको लेवानान समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्